नाबालक परिचय-पत्र
- स्वयम् उपस्थित हुनुपर्छ।
- बाबु वा आमा साथैमा नभएको अवस्थामा एकाघरको परिवारको सदस्य नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनुपर्दछ।
- रु. १० को हुलाक टिकट।
- सक्कल कागजात आवश्यक पर्दछ।
- स्थायी ठेगाना भएको वडा कार्यालयबाट नाबालकको विवरण सहितको फोटो प्रमाणित अनुसूचि र वडा कार्यालयको सिफारिस,
- जन्मदर्ता प्रमाण पत्र
- बाबुआमाको नागरिकताको प्रमाण पत्र र संरक्षकको नागरिकता प्रमाण पत्र
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनीको प्रमाण पुर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
- विदेशमा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाणपत्र, One Way Travel Document, राहदानी प्रमाण पत्र (नेपालको समेत जन्मदर्ता हुनुपर्ने)
- आवश्यकता अनुसार वडा, प्रहरी सर्जमिन मुचुल्का र अदालतबाट नाता कायम
- बाबुआमाको सम्बन्ध विच्छेद भएको भए अदालतको फैसला र स्थानीय निकायबाट जारी भएको सम्बन्ध विच्छेद प्रमाणपत्र
- नाबालकको ३ प्रति पासपोर्ट साईजको फोटो
- बाबुआमाको राहदानी (बाबुआमा विदेशमा भएको भए राहदानी फोटोकपी) निजहरुको राहदानीमा विमानस्थलमा लगाएको छाप भएको पेजको फोटोकपी।
