Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्लाको परिचय

2076-05-12

2076-05-12


तनहुँ जिल्ला नेपालको पूर्व पश्चिम लम्बाईको दृष्टिकोणबाट मध्यभागमा रहेको गण्डकी प्रदेशमा पर्ने पहाडी जिल्ला हो । मादी, सेती, मर्स्याङदी र काली गण्डकी किनारका मलिला फाँटहरु, समतल भुभाग देखि छिम्केश्वरी, मिर्लुङकोट र तनहुँसुर जस्ता अग्ला पहाडी भू-भागहरु समेत यसमा पर्दछन । मादी र सेती नदीको संगम किनारमा रहेको सदरमुकाम दमौली बजार नजिक हिन्दु धर्मका मुख्य धर्मशास्त्रहरु वेद र पुराणका लेखक वेदव्यासको जन्मस्थल र ऋषि पराशरको कार्यस्थल रहेको विश्वास गरिन्छ । त्यस्तै नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म स्थल चुँदीरम्घा समेत यसै जिल्लामा पर्दछ ।

मुग्लिन देखि कोत्रे सम्मकरिब ७२ कि.मि. पृथ्वी राजमार्गको खण्ड यसै जिल्लामा रहेको छ । जिल्लाको सबै स्थानीय तहमा पक्की तथा कच्ची मोटरबाटो पुगेको छ । पहाडी जिल्ला भए पनि यातायात, सञ्चार र शिक्षाको दृष्टिकोणबाट जिल्ला सुगम मानिन्छ ।

  1. भौगोलिक अवस्था:

विश्व मानचित्रमा तनहुँ जिल्ला ८४ डिग्री १४ मिनेट ६०.०० सेकेण्ड पूर्वी देशान्तर र २७ डिग्री ५४ मिनेट ५९.९९ सेकेण्ड उत्तरी अक्षांश बीचमा अवस्थित छ । जिल्लाको पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, पुर्वी नवलपरासी र पाल्पा, पश्चिममा स्याङजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ जिल्ला पर्दछन । क्षेत्रफल १५६४ वर्ग कि.मि रहेको यस जिल्ला समुन्द्र सतहबाट १८७ मि. देखि २१३४ (छिम्केश्वरी डाँडा) सम्मको उचाईमा रहेको छ ।

जिल्ला सदरमुकाम दमौली ३७० मि. को उचाईमा रहेको छ । जिल्लाका कतिपय स्थानहरुमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस सम्म पुग्ने र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गरेको पाईन्छ ।

 

  1. प्रशासनिक विभाजन:

जिल्लामा जम्मा १० वटा स्थानीय तह रहेका छन् ।  तीनका नाम र वडा संख्या तपशिल बमोजिम छन् ।

क्र.सं.

स्थानीय तह

वडा संख्या

कैफियत

व्यास नगरपालिका

१४

 

भानु नगरपालिका

१३

 

भिमाद नगरपालिका

 

शुक्लागण्डकी नगरपालिका

१२

 

म्याग्दे गाउँपालिका

 

बन्दिपुर गाउँपालिका

 

आँबुखैरेनी गाउँपालिका

 

देवघाट गाउँपालिका

 

ऋषिङ गाउँपालिका

 

१०

घिरिङ गाउँपालिका

 

जम्मा

८५

 

 

प्रतिनिधी सभा निर्वाचन क्षेत्र  २ वटा रहेका यस जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा रहेका छन् । जिल्लाको जनसंख्या वि.सं. २०७८ को जनगणना अनुसार ३,२१,१५३ रहेको छ । जसमध्ये १,५०,०९४ (४६.७४%) पुरुष र १,७१,०५९ (५३.२६%) महिला रहेका छन ।

           

ग. महत्वपूर्ण धार्मिक र पर्यटकिय स्थलहरु र सदरमुकामबाट दुरी:

  • व्यास पराशर क्षेत्र:- सदरमुकाम दमौलीबाट १ कि.मि.
  • बन्दिपुर:- सदरमुकामबाट २५ कि.मि.
  • ढोरबाराही मन्दिर:- सदरमुकामबाट ३१ कि.मि.
  • छाब्दी बाराही मन्दिर:- सदरमुकामबाट ७ कि.मि.
  • देवदघाट धाम:- सदरमुकामबाट ८० कि.मि.
  • भानुभक्तको जन्म स्थल चुँदिरम्घा:- सदरमुकामबाट २५ कि.मि.

 

Last Updated : 2083-02-16 10:22:23

© All Rights Reserved to District Administration Office, Tanahun .