Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिकता शाखा 2082-04-29

क्र. सं.

प्रदान गरिने सेवा/कार्य

संलग्न गर्नु पर्ने कागजात र सम्पर्क राख्नु पर्ने कोठा नं‌.

लाग्ने सेवा दस्तुर

लाग्ने समय

जिम्मेवार पदाधिकारी

उजुरी सुन्ने अधिकारी

नयाँ नागरिकता

वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र

  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहित रितपूर्वकको सिफारिस (अनुसुची १ को ढाँचामा)
  • भुँई (Background) रंग रातो र गाढा नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र साँस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
  • जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सो को छायाँप्रति
  • .नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वावु, आमा वा आफ्नो वंश तर्फ तीन पुस्ता भित्रको नेपाली नागरिकता प्रमाणपत्र र सो को छायाँप्रति
  • वसाई सरी आएकाको हकमा वसाईसराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा , जग्गाधनी प्रमाण पुर्जा नभएकाहरुको हकमा स्थायी आवाशीय अनुमतिपत्र साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयको नागरिकताको अभिलेख सम्वन्धी विवरण ।
  • कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र तथा कार्यालय रहेको वडा कार्यालयको रितपूर्वक सिफारिस ।
  • विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र र  सो को छायाँप्रती
  • आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

(काउन्टर नं ८ र ९)

निवेदनमा रु. १०/- को हुलाक टिकट

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

बैवाहिक अंगिकृत नेपाली नागरिकता प्रमाणपत्र

 

  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको फोटो प्रमाणित सहितको रितपूर्वक सिफारिस (अनुसुची ७ को ढाँचामा)
  • जन्ममिति र स्थान खुल्ने निवेदिकाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाण र सो को छायाँप्रति ।
  • बाबु र आमाको सम्बन्धित देशको पहिचान  खुल्ने प्रमाणपत्र वा कागजात सो को छायाँप्रति ।
  • विवाह दर्ता प्रमाण पत्र सो को छायाँप्रति ।
  • सम्वन्धित देशको नागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा ।
  • सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र सो को छायाँप्रति ।
  • भुँई (Background) रंग रातो र गाढा नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक/प्रहरी पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
  • आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको स्थलगत मुचुल्का बुझ्न सकिनेछ ।

(काउन्टर नं ८ र ९)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)

ग.

गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र

  • A4 Size को नेपाली कागजमा अनुसूची ८ ग बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस,
  • भुँई (Background) रंग रातो र गाढा नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक/प्रहरी पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,
  • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
  • निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
  • विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण,
  • नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ,
  • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी,
  • अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र,
  • अनुसुची ८ च बमोजिमको सपथ,
  • बडा/प्रहरी सर्जमिन मुचुल्का,
  • अन्य तोकिएको कागजातहरु,
  • निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्‍न सकिने, 
  • तोकिएबमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।

(काउन्टर नं ८ र ९)

निवेदनमा रु. १०/- को हुलाक टिकट

 

प्रमाण पुगेकोमा
पेश भएकै दिन

प्रशासकीय अधिकृतहरु

(कोठा नं. ६/७)
 

 

प्र.जि.अ./
स.प्र.जि.अ

(कोठा नं. १/४)


Last Updated : 2083-02-16 10:22:23

© All Rights Reserved to District Administration Office, Tanahun .