Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Tanahun

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ONLINE नागरिकता सिफारिस साथै क्र.सं. २ मा उल्लेख भएका अन्य कागजातहरु ।

  • स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको अनुसूची-१ बमोजिमको ONLINE नागरिकता सिफारिस
  • निवेदकको जन्म दर्ताको प्रमाण पत्र  
  • बाबु/आमाको नागरिकताको प्रमाण पत्र
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • सनाखत गर्न आउने व्यक्तिको नागरिकता
  • सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ ।
  • सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ ।
  • आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकतामा पति (निवेदकको बुबा) को नाम कायम छैन भने विवाहदर्ता वा विवाह प्रमाणित समेत पेश गर्नु पदर्छ ।
  • आवश्यक सम्पुर्ण कागजातहरु सक्कलै पेश गर्नुपर्दछ।
  • घटना दर्ताका कागजातहरु सम्बन्धित वडा कार्यालयबाट अनिवार्य ONLINE गर्नुपर्दछ ।
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • बसाईसराई दर्ता प्रमाण पत्र
  • जग्गाधनी प्रमाण पूर्जा
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • सम्बन्धित वडा कार्यालयबाट स्थायी बसोबास प्रमाणित
  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • विवाहदर्ता प्रमाण पत्र
  • पति स्वयम् र पतिको नागरिकता
  • पति स्वयम् उपस्थित हुन नसकेमा पतिको एकाघरको सदस्य निजको नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनु पर्दछ ।
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • सनाखत गर्ने व्यक्ति स्वयम् उपस्थित भई निजको नागरिकता र नाता प्रमाणित पेश गर्नुपर्दछ।
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • दिदि/बहिनी स्वयम् उपस्थित भई निजको नागरिकता, नाता प्रमाणित र अविवाहित सिफारिस  पेश गर्नुपर्दछ ।
  • सादा पृष्ठभूमी (Background) रंग रातो अथवा धेरै गाढा नभएको,
  • दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको,
  • चश्मा नलगाएको,
  • ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको,
  • कुनै निश्‍चित सेवा वा समूहको पहिचानका लागि तोकिएको पोशाक नलगाएको,
  • हालसालै खिचेको २.५*३ से.मी साईजको २ प्रति फोटो
  • नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
  • वडा मुचुल्का
  • आवश्यकता अनुसार कार्यालयले थप मुचुल्का, प्रमाण-कागजातहरु बुझ्‍न/झिकाउन सक्ने
  • अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट वैवाहिक सम्बन्ध खुलेको ONLINE सिफारिस
  • विवाहदर्ता प्रमाणपत्र
  • पतिको नेपाली नागरिकता प्रमाणपत्र
  • आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्‍ने कारवाही चलाएको निस्सा/पत्र
  • आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणित गर्ने कागजात,
  • निवेदक र बाबु/आमाको आधार कार्ड/भोटर कार्ड,
  • भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउँदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा,
  • सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्र
  • सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति
  • अनुसूची ८ ग  बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस,
  • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
  • निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
  • विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण,
  • नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ,
  • हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी,
  • अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र,
  • अनुसुची ८ च बमोजिमको सपथ,
  • वडा/प्रहरी सर्जमिन मुचुल्का,
  • अन्य तोकिएको कागजातहरु,
  • निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्‍न सकिने,
  • तोकिए बमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।
  • सुरु नागरिकता जारी भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र त्याग गर्ने
  • नेपाली नागरिकता त्याग गरेको निस्सा सहित आएमा तनहुँ जिल्लाबाट गैरआवसीय नेपाली नागरिकता लिन सकिन्छ ।

Last Updated : 2083-02-16 10:22:23

© All Rights Reserved to District Administration Office, Tanahun .