राष्ट्रिय परिचय-पत्र
- ONLINE आवेदन फाराम भरी सो को प्रिन्ट साथै सक्कल नेपाली नागरिकता प्रमाणपत्र लिई जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ ।
- नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
- नागरिकताको प्रमाणपत्रमा जन्ममिति उल्लेख नभएको हकमा–जन्ममिति खुलेको कुनै सरकारी कागजात,
- बसाईसराई, विवाह वा सम्बन्ध विच्छेद भएका सेवाग्राहीको हकमा सो सम्बन्धि कागजात,
- पति वा पत्निको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्र ।
- नागरिकताको हकमा सक्कलै र अन्य कागजातको हकमा प्रतिलिपि भएपनि हुन्छ ।
- बसाईसराई दर्ता प्रमाणपत्र, विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्छ ।
- तलका वेभ लिङ्क मार्फत आवेदन नम्बर प्रविष्टी गरेर
https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status
- तलका वेभ लिङ्क मार्फत आवश्यक विवरण भरेर
https://citizenportal.donidcr.gov.np/en/check-national-id-number
- आवेदन फाराम भर्दा उल्लेख गरेको मोवाईल नं मा Message आउँछ ।
- तलको वेभ लिङ्क मार्फत
https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status
- स्थायी ठेगाना तनहुँ राखी आवेदन फाराम भरेको भए राष्ट्रिय परिचयपत्रमा उल्लेखित स्थायी ठेगाना भएको पालिकामा गई लिन सकिन्छ ।
- स्थायी ठेगाना बाहिरी जिल्ला भई आवेदन तनहुँ जिल्लाबाट दिएकाहरुको हकमा जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाटै र पालिका/अभियानबाट आवेदन दिएकाहरुको हकमा सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न सक्नेछन् ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट स्वीकृत हुने भएकोले समयावधि एकिन हुन नसक्ने
- राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपरेमा सक्कल राष्ट्रिय परिचयपत्र प्राप्त गरे पश्चात संशोधन गर्नुपर्ने विवरण उल्लेख गरी संशोधन फारम भरी रु. ५००।- (पाँच सय) बैंक दाखिला भौचर पेश गरे पश्चात संशोधन गर्न सकिन्छ साथै आफ्नो नागरिकता र आवश्यक सम्पूर्ण कागजातहरु सक्कल लिएर आउनुपर्दछ ।
- सकिंदैन । राष्ट्रिय परिचयपत्र नम्बर स्वीकृत नहुँदै राहदानीको लागि आवेदन गरेमा राहदानी अस्वीकृत हुन्छ
- बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथिका नागरिकको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन ।
- जन्मदर्ताको प्रमाणपत्र लिई आउनु पर्छ ।
- राहदानी,
- शैक्षिक योग्यताकको प्रमाणपत्र,
- पेन्सनको कागजात,
- अंग्रेजी भाषामा नाम/थर भएको कुनै सरकारी कागजात ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोल फ्रि नं १६६००१९६६६६ मा सम्पर्क गर्नुपर्छ साथै निम्न नम्बरहरुमा समेत सम्पर्क गर्न सकिनेछ । ०१–४२०००१४, ०१–४२११५६३, ०१–४२००८९४
