नयाँ नागरिकता
स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ONLINE नागरिकता सिफारिस साथै क्र.सं. २ मा उल्लेख भएका अन्य कागजातहरु ।
- स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको अनुसूची-१ बमोजिमको ONLINE नागरिकता सिफारिस
- निवेदकको जन्म दर्ताको प्रमाण पत्र
- बाबु/आमाको नागरिकताको प्रमाण पत्र
- शैक्षिक योग्यताको प्रमाण पत्र
- सनाखत गर्न आउने व्यक्तिको नागरिकता
- रु. १० को हुलाक टिकट
- सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ ।
- सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ ।
- आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकतामा पति (निवेदकको बुबा) को नाम कायम छैन भने विवाहदर्ता वा विवाह प्रमाणित समेत पेश गर्नु पदर्छ ।
- आवश्यक सम्पुर्ण कागजातहरु सक्कलै पेश गर्नुपर्दछ।
- घटना दर्ताका कागजातहरु सम्बन्धित वडा कार्यालयबाट अनिवार्य ONLINE गर्नुपर्दछ ।
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- बसाईसराई दर्ता प्रमाण पत्र
- जग्गाधनी प्रमाण पूर्जा
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- सम्बन्धित वडा कार्यालयबाट स्थायी बसोबास प्रमाणित
- पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
- राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा
- भूमिहिन / सुकुम्बासी परिचयपत्र
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- विवाहदर्ता प्रमाण पत्र
- पति स्वयम् र पतिको नागरिकता
- पति स्वयम् उपस्थित हुन नसकेमा पतिको एकाघरको सदस्य निजको नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनु पर्दछ ।
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- सनाखत गर्ने व्यक्ति स्वयम् उपस्थित भई निजको नागरिकता र नाता प्रमाणित पेश गर्नुपर्दछ।
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- दिदि/बहिनी स्वयम् उपस्थित भई निजको नागरिकता, नाता प्रमाणित र अविवाहित सिफारिस पेश गर्नुपर्दछ ।
- सादा पृष्ठभूमी (Background) रंग रातो अथवा धेरै गाढा नभएको,
- दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको,
- चश्मा नलगाएको,
- ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको,
- कुनै निश्चित सेवा वा समूहको पहिचानका लागि तोकिएको पोशाक नलगाएको,
- हालसालै खिचेको २.५*३ से.मी साईजको २ प्रति फोटो
- नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
- वडा मुचुल्का
- आवश्यकता अनुसार कार्यालयले थप मुचुल्का, प्रमाण-कागजातहरु बुझ्न/झिकाउन सक्ने
- अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट वैवाहिक सम्बन्ध खुलेको ONLINE सिफारिस
- विवाहदर्ता प्रमाणपत्र
- पतिको नेपाली नागरिकता प्रमाणपत्र
- आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्ने कारवाही चलाएको निस्सा/पत्र
- आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणित गर्ने कागजात,
- निवेदक र बाबु/आमाको आधार कार्ड/भोटर कार्ड,
- भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउँदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा,
- सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्र
- सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति
- अनुसूची ८ ग बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस,
- निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
- निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
- विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
- दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण,
- नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ,
- हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी,
- अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र,
- अनुसुची ८ च बमोजिमको सपथ,
- वडा/प्रहरी सर्जमिन मुचुल्का,
- अन्य तोकिएको कागजातहरु,
- निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्न सकिने,
- तोकिए बमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।
- सुरु नागरिकता जारी भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र त्याग गर्ने
- नेपाली नागरिकता त्याग गरेको निस्सा सहित आएमा तनहुँ जिल्लाबाट गैरआवसीय नेपाली नागरिकता लिन सकिन्छ ।
