Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तनहुँ

2075-08-17

2075-08-17


apil.jpg तस्बिर :

   तनहुँ जिल्लाको भानु नगरपालिका क्षेत्रमा विगत १ वर्षदेखि चितुवाको आक्रमणवाट हुन गएको मानविय क्षति प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । विगत २०७४ साल फाल्गुण १ गते १ जना, २०७५ साल कार्तिक २९ गते १ जना र २०७५ साल मंसिर १५ गते १ जना समेत गरि चितुवाको आक्रमणवाट ३ जना बालकहरुको मृत्यू भैसकेको र २०७५ साल मंसिर १ गते भएको चितुवा आक्रमणवाट १ जना वालक घाईते भएका छन । मृत्यू भएका १ जना बालकको परिवारलाई रु. १० लाख राहत प्रदान गरिसकिएको र अन्य २ जना बालकको परिवारलाई प्रति परिवार रु ५० हजार तत्काल राहत प्रदान गरिएको र थप ९ लाख ५० हजार  राहतको लागि सिफारिस गरि पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

             यस प्रकारको मानवीय क्षतिलाई यस कार्यालयले गम्भिर रुपमा लिई विगत देखिनै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षक, राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधि सहितको चितवन राष्ट्रिय निकुञ्जको उद्धार टोली, सदर चिडियाखाना जावलाखेलको उद्धार टोली समेतलाई परिचालन गरी नियन्त्रणको लागि विभिन्न प्रयासहरु भैरहेका छन । त्यस किसिमको नरभक्षी चितुवा नियन्त्रणको लागि स्थानीय बासिन्दाहरुको सहयोग र परिचालन समेतवाट खोर बनाई प्रत्येक साँझ बाख्रा सहितको पासो थाप्ने, चितुवाको निगरानीको लागि सि.सि.टि.भि. क्यामेरा जडान गर्ने प्रयास भैरहेको, सामुदायिक वन उपभोक्ता समुहवाट वनक्षेत्रको झाडी सफा गर्ने, साँझ विहानको समयमा प्रहरी गस्ती परिचालन गर्ने, वन कार्यालय र नगरपालिका मार्फत स्थानीय एफ.एम. रेडियोवाट सुरक्षा उपायहरुको जानकारी मुलक सूचना प्रसारण गर्ने लगायतका कार्यहरु भैरहेका छन् । चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिशा र रौं समेतको परिक्षणका लागि पठाउने व्यवस्था मिलाईएको छ । साथै चितुवा नियन्त्रणमा सहयोग पुर्याउने व्यक्तिलाई भानु नगरपालिकावाट उचित पुरस्कारको व्यवस्था समेत हुने भएको छ ।

              अत: चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायहरुको परिचालन निरन्तर भै रहने व्यहोरा जानकारी गराउंदै यस प्रकारको चितुवा आक्रमणवाट जोगिन सांझ बिहानको समयमा महिला तथा बालबालिकाहरु घर बाहिर ननिस्कनु हुन अनुरोध गरिन्छ । चितुवा नियन्त्रणमा लिनको लागि माथि उल्लेखित सुरक्षा फौज तथा स्थानीय बासिन्दाहरु समेतको परिचालन भैरहेकोले त्रसित, आतंकित नहुन र समस्या समाधानको लागि आवश्यक सहयोग समेत हुन अपिल गरिन्छ ।

 

 मितिः २०७५।०८।१७ गते ।                            

                                                                                भरत कुमार शर्मा

प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय तनहुं

Attached Files